दफा १५
मूल ऐनमा दफा २१ख. थप
मूल ऐनको दफा २१क. पछि देहायको दफा २१ख.
थपिएकोछ ः–ज्ञज्ञ
“२१ख. विशेष कार्य गर्न कर्मचारी खटाउन सक्ने ः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै
कुरा लेखिएको भए तापनि मन्त्रालयले सूचना जारी गरी महामारी तथा संक्रामक
रोग नियन्त्रण वा स्वास्थ्य सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको कार्य सम्पन्न गर्नको लागि मन्त्रालयले एक
वर्षसम्मको निम्ति कुनै विशेषज्ञ चिकित्सक लगायत स्वास्थ्य सेवाका अन्य
कर्मचारीलाई सम्बन्धित कुनै खास जिल्ला वा क्षेत्रमा काजमा खटाउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम तीन महिना भन्दा बढि अवधि काजमा खटिने
कर्मचारीले काज खटिएको कार्यालयमा रुजु हाजिर
भएमा बढुवा प्रयोजनको लागि सोही भौगोलिक क्षेत्रको तोकिएको अङ्क पाउनेछ ।”