दफा १७
मूल ऐनमा दफा २५ख. थप

मूल ऐनको दफा २५क. पछि देहायको दफा २५ख.थपिएकोछ ः–

“२५ख. जिम्मेवारी नदिई राख्न नहुने ः (१) देहायका अवस्थामा बाहेक कुनै पनि
कर्मचारीलाई पदीय जिम्मेवारी नदिई एक महिना भन्दा बढी अवधिसम्म राख्न सकिने छैन ः–
(क) लामो बिदामा रहेकोमा,
(ख) निलम्वन भएकोमा, वा
(ग) अन्यत्र काज खटिएको कारण पदाधिकार रहेको पदमा कायम राख्न पर्ने भएमा ।
(२) उपदफा (१) बमोजिम कुनै कर्मचारीलाई पदीय जिम्मेवारी नदिई
राखेमा जिम्मेवारी दिई काममा लगाउन पर्ने दायित्व भएको पदाधिकारीलाई
विभागीय कारबाही हुनेछ ।”