नियम ११क
मूल कार्यसमूह सम्बन्धी व्यवस्था
   (१) आयोजनाको अवधारणापत्र मूल्यांकन गरी क्षेत्रगत कार्यसमूहमा पेश गर्ने काम समेतको लागि प्राविधिक समितिले कार्यकारी निर्देशकको अध्यक्षतामा सचिवालयका कर्मचारी, दातृ संस्थाका प्रतिनिधि तथा विज्ञ समेत रहेको
कार्यसमूह गठन गर्नेछ ।
(२) मूल कार्यसमूहको अन्य काम, कर्तव्य तथा अधिकार प्राविधिक समितिले तोके बमोजिम हुनेछ ।
(३) मूल कार्यसमूहको बैठक सम्बन्धी कार्यविधि सो समूह आफैले निर्धारण गरे बमोजिम हुनेछ ।