नियम ५१
मूल तथ्यांक र नमूना नेपालमै राख्नु पर्ने
: ठेकेदारले नेपालमा पेट्रोलियम कार्य गर्दा प्राप्त गरेको सम्पूर्ण मूल तथ्यांक तथा नमूना र तत्सम्बन्धी प्रतिवेदनहरू विभागले परीक्षण, विश्लेषण तथा मूल्याङ्कनको लागि नेपाल बाहिर लैजान अनुमति दिएमा बाहेक नेपालमै राख्नु पर्नेछ ।