नियम
मूल नियमावलीको नियम २३ मा संशोधन

मूल नियमावलीको नियम २३ को सटृा देहायको नियम २३ राखिएको छः–
“२३. कार्यकारी निर्देशक सम्बन्धी व्यवस्थाः (१) कोषमा एकजना कार्यकारी
निर्देशक रहनेछ ।
(२) समितिले उपनियम (४) वमोजिमको योग्यता पुगेका
व्यक्तिहरुमध्येवाट खुल्ला प्रतिस्पर्धात्मक प्रकृयाद्वारा कार्यकारी निर्देशकको नियुक्ति गर्नेछ ।
(३) कार्यकारी निर्देशकले उपाध्यक्षको सामान्य निर्देशनमा रही कोषको प्रशासकीय प्रमुखको रुपमा काम गर्नेछ ।
(४) कार्यकारी निर्देशकको योग्यता देहाय बमोजिम हुनेछः–
(क) मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र,
व्यवस्थापन शास्त्र, वाणिज्य वा जन—प्रशासन
विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको,
(ख) पैंतीस वर्ष उमेर पूरा भएको,
(ग) सरकारी वा गैरसरकारी संस्थामा अधिकृतस्तरको पदमा कम्तीमा दश वर्ष काम गरेको ।
(५) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ ।
(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी निर्देशकले सन्तोषजनक रुपमा कार्य सम्पादन गर्न नसकेमा वा कोषको हित विपरित कुनै काम गरेमा समितिले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ ।
(७) उपनियम (६) बमोजिम पदबाट हटाउनु अघि कार्यकारी निर्देशकलाई सफाई पेश गर्ने मौका दिनु पर्नेछ ।
(८) कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः—
(क) कोषको वार्षिक, अल्पकालीन तथा दीर्घकालीन योजना, वार्षिक कार्यक्रम र बजेट तर्जुमा गरी समिति समक्ष पेश गर्ने,
(ख) कोषको दैनिक प्रशासन तथा कर्मचारी प्रशासन गर्ने र कर्मचारीको सुपरिवेक्षण तथा नियन्त्रण गर्ने,
(ग) कोषको हिसाबको लेखा राख्न लगाउने, लेखा परीक्षण गराउने, वेरुजू फछ्र्यौैट गराउने,
(घ) आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र कोषको वित्तीय विवरण सार्वजनिक गर्ने, गराउने,
(ङ) समितिको निर्णय प्रमाणित गर्ने,
(च) समितिले तोकेको अन्य काम गर्ने ।
(९) कार्यकारी निर्देशकको पारिश्रमिक र अन्य सुविधा समितिले तोकिदिए बमोजिम हुनेछ ।”