नियम १५
मूल नियमावलीमा नियम ४४क. थप

मूल नियमावलीको नियम ४४ पछि देहायको
नियम ४४क. थपिएको छ ।
“४४क. विशेष कोष ः (१) प्रत्येक जिल्ला परिषद्ले आफ्नो कोषमा जम्मा भएको आन्तरिक आयबाट देहाय बमोजिमको विशेष कोषहरूमा रकम विनियोजन गर्न सक्नेछ ः–
(क) प्रकोप व्यवस्थापन विशेष कोष
(ख) मानव संशाधन विकास विशेष कोष
(ग) मर्मत सम्भार विशेष कोष
(घ) स्थानीय विकास विशेष कोष
(ङ) वातावरणीय व्यवस्थापन विशेष कोष
(च) गरिबी निवारण तथा सामाजिक परिचालन विशेष कोष
(छ) महिला तथा बाल विकास विशेष कोष
(२) उपनियम (१) बमोजिमको कोष संचालनको गर्ने कार्यविधि जिल्ला
परिषदले स्वीकृत गरे बमोजिम हुनेछ ।