दफा १७
मृत व्यक्तिको शरीरको अङ्ग प्रत्यारोपण गर्न नहुने
दफा १६ वा १६क. मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्तव्य वा आत्महत्याद्वारा वा शड्ढास्पद अवस्थामा मृत्यु भएकोव्यक्तिको सव परीक्षणमा असर पर्न सक्ने गरी कुनै पनि मृत व्यक्तिको शरीरबाट अङ्ग झिकी अर्को मानव शरीरमा प्रत्यारोपण गर्न हुँदैन । तर त्यस्तो मृत व्यक्तिको सव परीक्षण वा अन्य कुनै अनुसन्धानको प्रयोजनको
लागि अङ्ग झिक्न यस दफाले कुनै बाधा पु¥याएको मानिने छैन ।