दफा ९
मेलमिलापकर्ता नियुक्त गर्न आदेश दिने
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकैकुरा लेखिएको भए तापनि दफा ३ को उपदफा (३) वा (४) बमोजिम मेलमिलापद्वारा विवादको समाधान गर्नु पर्दा त्यस्तो मुद्दा हेर्ने निकायले मेलमिलापकर्ता नियुक्त गर्न आदेश दिनेछ ।
(२) उपदफा (१) बमोजिम मेलमिलापकर्ताको नियुक्ति गर्न आदेश दिंदा दफा २१ को उपदफा (१) बमोजिम मेलमिलापकर्ताको हैसियतमा काम गर्न प्रमाणपत्र प्राप्त व्यक्तिहरुमध्येबाट पक्षले रोजेको व्यक्ति नियुक्त गर्ने आदेश दिनु पर्नेछ ।