दफा
मेलमिलापकर्ता नियुक्त गर्न सहायता लिन सकिने
(१) मेलमिलापकर्ता नियुक्त गर्नको लागि मेलमिलाप सम्बन्धी काम गर्ने कुनै संस्थाले छुट्टै नियमावली वा कार्यविधिको व्यवस्था गरेकोमा पक्षहरुले त्यस्तो नियमावली वा कार्यविधि बमोजिम मेलमिलापकर्ता नियुक्त गर्न सक्नेछन्।
(२) उपदफा (१) बमोजिम मेलमिलापकर्ता नियुक्त गर्न पक्षहरुले आपैंmले वा अदालतको आदेश बमोजिम मेलमिलापकर्ता हुने व्यक्तिको नाम नियुक्तिका लागि सिफारिस गरी पठाउन त्यस्तो संस्थालाई अनुरोध गर्न सक्नेछन्।
(३) उपदफा (२) बमोजिम अनुरोध भएकोमा त्यस्तो संस्थाले विवादको प्रकृति र मेलमिलाप गर्नु पर्ने विषय, मेलमिलापकर्ता हुने व्यक्तिको योग्यता, दक्षता र निष्पक्षता वहन गर्न सक्ने क्षमता र अन्तर्राष्ट्रिय प्रकृतिको विवाद भए मेलमिलापकर्ता हुने व्यक्तिको राष्ट्रियता समेत विचार गरी उपयुक्त व्यक्तिको नाम सिफारिस गर्न वा उपयुक्त व्यक्तिलाई नियुक्त गर्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विवादका पक्षहरुले मेलमिलापकर्ता नियुक्तिका सम्बन्धमा स्थानीय तहको सहायता लिन चाहेमा सम्बन्धित स्थानीय तहको सहायता लिन सक्नेछन्।
(५) उपदफा (४) बमोजिम सहायता दिने प्रयोजनका लागि स्थानीय तहले यस ऐन बमोजिम योग्यता पुगेका मेलमिलापकर्ताको सूची तयार गरी राख्नेछ र त्यस्तो सूचीमा समावेश भएका व्यक्तिहरुमध्येबाट पक्षहरुसँग परामर्श गरी उपयुक्त व्यक्तिलाई मेलमिलापकर्ता नियुक्त गर्न सहायता गर्नेछ ।