दफा १३
मेलमिलापकर्तालाई हटाउन सकिने
(१) मेलमिलापकर्ताको रुपमा नियुक्त भएको व्यक्ति दफा २२ बमोजिम योग्य नभएको कुरा निज नियुक्त भएपछि थाहा हुन आएमा पक्षहरु आफैले मेलमिलापकर्ता नियुक्त गरेको भए आफैले, कुनै संस्थाद्वारा मेलमिलापकर्ता नियुक्त गरेको भए सो संस्था मार्फत  मुद्दा हेर्ने निकायले नियुक्त गरेको भए त्यस्तो निकायले सो मेलमिलापकर्तालाई तुरुन्त हटाउनु पर्नेछ ।
(२) कुनै मेलमिलापकर्ताले देहाय बमोजिमको कुनै काम गरेको कुरा कुनै पक्षले दिएको उजूरीबाट देखिएमा वा मुद्दा हेर्ने निकाय स्वयंलाई कुनै स्रोतबाट सो कुराको जानकारी हुन आएमा मुद्दा हेर्ने निकायले त्यस्तो मेलमिलापकर्तालाई जुनसुकै बखत हटाउन सक्नेछ:
(क) निजले दफा १२ बमोजिमका कुराहरु पालना नगरेमा,
(ख) निजले विवादको विषयवस्तु वा विवादका पक्षहरुसँगअनुचित वा जालसाजपूर्ण तवरले कुनै काम कारबाही गरेमा,
(ग) निजको काम कारबाही वा मेलमिलापको प्रक्रियामा बराबर त्रुटी वा अनियमितता देखिएमा,
(घ) निजले मेलमिलाप सम्बन्धी काम कारबाही अनावश्यक रुपमा लम्ब्याएमा, ढिलो गरेमा वा मेलमिलाप सम्बन्धी काम कारबाहीमा अभिरुची नदेखाएमा,
(ङ) पक्षहरुको अनुमति विना निजहरुको हित प्रतिकूल हुने गरी मेलमिलापको प्रक्रियागत विषयमा भएका कुराहरुको गोपनीयता भङ्ग गरेमा ।