दफा ११
मेलमिलापकर्ताले जानकारी गराउने
(१) यस परिच्छेद बमोजिम मेलमिलापकर्ता नियुक्त भएको व्यक्तिले स्वतन्त्र तथा निष्पक्ष रुपमा काम गर्न नसक्ने प्रकृतिको विवाद भएमा वा त्यसरी काम गर्न नसक्ने मनासिब शड्ढा गर्न सकिने कुनै परिस्थिति भएमा निजले यथाशीघ्र लिखित रुपमा सो कुराको जानकारी विवादका पक्ष र मुद्दा हेर्ने निकायबाट आदेश भएको विवादका हकमा त्यस्तो मुद्दा हेर्ने निकायलाई गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम गराइएको जानकारीको एक प्रति विवादसँग सम्बन्धित मिसिलसँग समावेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम गराइएको जानकारीको एक प्रति विवादसँग सम्बन्धित मिसिलसँग समावेश गर्नु पर्नेछ ।