दफा ३५
मौज्दातमा रहेको मालसामान वा घरपालुवा पशुपक्षीमा रहेको खरिदसम्बन्धी धितोको हकको प्राथमिकता
देहायका अवस्थामा मौज्दातमा रहेको मालसामान वा घरपालुवा पशुपक्षीमा परिपक्व भएको खरिद मूल्यसम्बन्धी धितोको हकले त्यस्ता मालसामान वा पशुपक्षीउपर रहेको अन्य विवादयुक्त धितोको हकउपर प्राथमिकता पाउनेछः–
(क) धितो दिने व्यक्तिले मौज्दातमा रहेको मालसामान वा घरपालुवा पशुपक्षीउपर कब्जा लिई खरिद मूल्यसम्बन्धी धितोको हक परिपक्व भएमा, र
(ख) खरिद मूल्यसम्बन्धी धितोको हक लिने व्यक्तिले सूचना दर्ता गराउनुभन्दा अगावै विवादयुक्त धितोको हक लिने व्यक्तिले सोही मौज्दातको मालसामान वा घरपालुवा पशुपक्षीलाई समेट्ने गरी पहिले नै सूचना दर्ता गराई सकेको रहेछ भने खरिद मूल्यसम्बन्धी धितोको हक लिने व्यक्तिले विवादयुक्त धितोको हक लिने व्यक्तिलाई लिखितरुपमा जानकारी दिएको र सो जानकारीमा मौज्दातमा रहेका मालसामान वा घरपालुवा पशुपक्षीको विवरण दिई त्यस्तो जानकारी दिने व्यक्तिको धितो दिने व्यक्तिका मौज्दातमा रहेका मालसामान वा घरपालुवा पशुपक्षीउपर खरिद मूल्यसम्बन्धी धितोको हक रहेको वा निजले त्यस्तो हक प्राप्त गर्ने अपेक्षा गरेको कुरासमेत खुलाएको भएमा ।