दफा
म्जिराष्ट्रिय निकुञ्ज वा आरक्षभित्र सेवा सञ्चालन
: (१) राष्ट्रिय निकुञ्ज_आरक्ष वा संरक्षण क्षेत्रको सर्वोपरी हितको निमित्त नेपाल सरकारले स्वयं वा तोकिए बमोजिमको कार्यविधि अपनाई कसैसित करार गरी होटल, लज, सार्वजनिक यातायात वा यस्तै किसिमका अन्य सेवा वा सुविधाको व्यवस्था गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम करार नगरी कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रभित्र जुनसुकै किसिमको सेवा वा सुविधा सञ्चालन गर्न पाउने छैन ।

६क.मर्मत सम्भार गर्न सक्ने स्कुनै व्यक्ति; निकाय, उपभोक्ता समिति वा स्थानीय तहले वन तथा भूसंरक्षण मन्त्रालयको सहमति लिई राष्ट्रिय निकुञ्ज. आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक वा पुरातात्विक स्थलहरुको आधारभूत संरचनामा परिर्वतन नहुने गरी मर्मत सम्भारको कार्य गर्न सक्नेछ ।