दफा १०२
म्याद तामेल गर्न लगाउने

(१) दफा १०१ बमोजिम अदालतले म्याद जारी गर्दा तीन प्रति म्याद सूचना तयार गरी सम्बन्धित अधिकृतले दस्तखत गरीअदालतकोछाप लगाई तामेल गर्न लगाउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बादी वा निजको कानून व्यवसायी मार्फत म्याद तामेल गर्न दुईप्रतिम्याद सूचना तयार गर्नु पर्नेछ ।
(३) यस परिच्छेद बमोजिम म्याद जारी गर्दा अदालतले प्रतिबादी बनाइएका एकाघरमा रहे बसेका व्यक्तिलाई एक प्रति र सोबाहेक अरु प्रतिबादीको हकमा प्रत्येक प्रतिबादीको लागि एक एक प्रतिका दरले फिरादपत्रको प्रतिलिपि सहित म्यादतामेल गर्ने वा गराउने व्यवस्था गर्नु पर्नेछ ।