दफा १०७
म्याद तामेल भएको मानिने

(१) अदालतबाट जारी भएको म्याद सम्बन्धित व्यक्तिलाई यस परिच्छेद बमोजिम कुनै पनि ठाउँमा वा निजको ठेगानामा बुझाईवायस संहिता बमोजिम अन्य कुनै अभिलेख गर्न सकिने उपायद्वारानिजलाई जानकारी गराएमा म्याद तामेल भएको मानिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि म्याद प्राप्त गर्ने व्यक्ति अदालतमा उपस्थित भई आफैँले म्यादबुझिलिन निवेदन गरेमा निजलाई अदालतमा नै म्याद बुझाउनु पर्नेछ र त्यसरी म्याद बुझाएकोमा रीतपूर्वक म्यादबुझाएकोमानिनेछ ।