नियम ११
म्याद तामेल भएपछिको करावाही
नियम १० बमोजिम म्याद तामेल भइ आएपछि श्रेस्तेदारले रीतपूर्वक तामेल भएको छ, छैन आवश्यक भए तोमेल गर्ने कर्मचारीको प्रतिवेदन समेत लिई हेरी रीतपूर्वक तामेल भए तामेली म्यादको प्रति मिसिल साथ राख्नु पर्नेछ र रीत नपुगेको भए मुद्दा हेर्ने अधिकारीको आदेश लिई पुन तामेल गराउनु पर्नेछ ।