नियम ९
म्याद तारेख सम्बन्धी व्यवस्था
(१) प्रतिवादीको नाममा म्याद जारी गर्दा वाटोको
म्याद वाहेक सात दिनको म्याद दिनु पर्नेछ ।
(२) न्यायाधिकरणमा कारबाही चलेको कुनै मुद्दामा गुज्रेको म्याद वा तारेख थमाउन पाइने छैन ।
तर–
(क) पक्षको काबु बाहिरको परिस्थितिले गर्दा म्याद वा तारेख गुज्रेको भन्ने न्यायाधिकरणलाई लागेमा बढीमा दुई पटकसम्म गरी जम्मा पन्ध्र दिनसम्मको म्याद तारेख थामी दिन सकिनेछ ।
(ख) मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ६२ नं.र १७५ नं. मा लेखिए जति कुरामा सोही बमोजिम हुनेछ ।