दफा २४क
म्याद थप सम्बन्धी व्यवस्था
:(१) यस ऐन बमोजिम गिरफ्तार गरिएको व्यक्तिलाई बाटोको म्याद बाहैक चौबीस घण्टाभित्र कानूनी कारबाहीको निमित्त मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम गिरातार गरिएको व्यक्तिको सम्बन्धमा चौबीस घण्टाभित्र तहकिकात पूरा नहुने भई निजलाई थुनामा राखी तहकिकात जारी राख्नु पर्ने देखिएमा तहकिकात गर्ने कर्मचारीले निजलाई मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराई मुद्दा हेर्ने अधिकारीको अनुमति लिएर मात्र थुनामा राख्नु पर्नेछ । सो बमोजिम अनुमति माग्दा
थुनामा परेको व्यक्ति उपरको अभियोग, त्यसको आधार, निजलाई थुनामै राखी तहकिकात गर्नु पर्ने कारण र निजको बयान कागज भै सकेको भए बयान कागजको व्यहोरा स्पष्ट रुपमा उल्लेख गर्नु पर्नछ ।
(३) उपदफा (२) बमोजिम थुनामा राखे अनुमति मागेमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कागजातहरु हेरी तहकिकात सन्तोषजनक रुपमा भए वा नभएको विचार गरी सन्तोषजनक रुपमा तहकिकात भैरहेको देखिएमा एकैपटक वा पटक पटक गरी बढीमा पैंतालीस दिनसम्म थुनामा राख्ने अनुमति दिन सक्नेछ ।