नियम २३
म्याद नाघेका जीवनाशक विषादी व्यवस्थापन
(१) सम्बन्धित व्यक्ति, संस्था वा निकाय, व्यवसायी वा उद्यमीले म्याद नाघेका प्रतिबन्धित र टुटेफुटेका वा चुहिएका वा अन्य कुनै कारणले प्रयोग गर्न नमिल्ने वा सूचकपत्र प्रष्ट नभएका _ जीवनाशक विषादी वा जीवनाशक विषादीजन्य फोहोर् तथा सोको कन्टेनर लगायतका वस्तु राख्नको लागि आफ्नो पसल वा भण्डारण कक्षमा अलग्गै र सुरक्षित स्थानको व्यवस्था गरी भण्डारण गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम व्यवस्था गरिएको कक्ष, स्थान वा भागमा बिक्री गर्न अयोग्य जीवनाशक विषादी रहेको जनाउ चिन्ह सहित जीवनाशक: विषादीको प्रकृति तथा रसायन समूहको आधारमा नचुहिने- तथा नपोखिने गरी भण्डारण गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिमका जीवनाशक विषादीलाई भण्डारण गर्दा ढलान गरिएको, पक्की भित्ता भएको सिमेन्टेड तथा हावा नगुम्सने गरी हावा आवतजावत गर्ने भण्डारण कक्षको व्यवस्था गर्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिमका जीवनाशक विषादीको सम्बन्धित व्यक्ति, संस्था वा निकाय, व्यवसायी वा उच्चमीले जीवनाशक विषादीको प्रकृति तथा रसायन समूहको आधारमा अनुसूची-११ बमोजिमको ढाँचामा अभिलेख तयार गरी अद्यावधिक रूपमा राख्नु पर्नेछ र सो अभिलेख केन्द्र र सम्बन्धित निरीक्षकलाई पठाउनु पर्नेछ।
(५) उपनियम. (१) बमोजिमका जीवनाशक विषादीलाई कुनै पनि क्षेत्र वा बालीमा प्रयोग गर्न वा गराउन तथां बितरण गर्न पाइने छैन ।
(६) उपनियम (१) बमोजिमका जीवनाशक विषादीलाई भण्डारण गरिराखेको स्थानबाट केन्द्र वा निरीक्षकको लिखित स्वीकृति विना अन्यत्र लैजान वा हटाउन पाइने छैन ।
(७) उपनियम (१) बमोजिमका जीवनाशक विषादी सम्बन्धित देश वा उत्पादकलाई फिर्ता गर्ने वा सुरक्षित रूपमा भण्डारण वा विसर्जन गर्न वा सङ्कलनको लागि ओसारपसार तथा भण्डारण गर्ने स्वीकृतिको लागि सम्बन्धित व्यक्ति, संस्था वा निकायले अनुसूची-१२ बमोजिमको ढाँचामा केन्द्र वा निरीक्षक समक्ष निवेदन दिनु पर्नेछ।
(८) उपनियम (७) बमोजिम निवेदन: प्राप्त. भएमा केन्द्र वा निरीक्षकले उपनियम (१) बमोजिमका जीवनाशक विषादीको सङ्कलन, भण्डारण र् ओसारपसार गर्न अनुसूची- १३ बमोजिमको ढाँचामा स्वीकृतिपत्र प्रदान गर्नेछ।
(९) उपनियम (१) बमोजिमका जीवनाशक विषादी नियम २४ बमोजिम फिर्ता पठाउन समय लाग्ने भएमा फिर्ता नपठाउन्जेल वा सुरक्षित रूपमा विसर्जन नगरुञ्जेल ऐनको दफा ४२ बमोजिमको भण्डारण गृहमा राख्न सकिनेछ । त्यसरी जीवनाशक विषादी भण्डारण गृहमा राख्दा र विसर्जन गर्दाको खर्च सम्बन्धित जीवनाशक विषादीको पैठारीकर्ता, सम्बन्धित व्यक्ति; संस्था वा निकाय, व्यवसायी वा उच्चमीले व्यहोर्नु पर्नेछ ।
(१०) ऐन तथां-यस नियमावली बमोजिम पैठारीकर्ता मार्फत नियम; २४ बमोजिम सम्बन्धित जीवनाशक विषादी सम्बन्धित कम्पनी, उद्योग वा व्यक्तिलाई फिर्ता गरिएका बाहेक अन्य म्याद नाघेका जीवनाशक विषादी ऐनको दफा २३ को उपदफा (२) बमोजिम व्यवस्थापन गर्दा जीवनाशक विषादीको प्रकार र बोट विरुवा, मानव, पशुपन्छी, जलचरको स्वास्थ्य तथा वातावरणमा पार्न सक्ने प्रतिकूल असरलाई समेत बिचार गरी ऐनको दफा २९ को उपदफा (३) बमोजिम समितिले तोके बमोजिमको तरिका र मापदण्ड अनुरुप नष्ट गर्नु पर्नेछ।
(११) उपनियम (१०) बमोजिम जीवनाशक विषादीको व्यवस्थापन गर्दा नष्ट वा विसर्जन गरिएको जीवनाशक विषादीको नाम, परिमाण तथा नष्ट वा बिसर्जन गर्न अवलम्बन गरिएको विधि समेत खुलाई मुचुल्का तथा अभिलेख तयार गर्नु पर्नेछ।
(१२) उपनियम (११) बमोजिमको मुचुल्कामा निरीक्षक, सम्बन्धित कृषि कार्यालयको प्रतिनिधि र नष्ट वा विसर्जन गरिने स्थानको स्थानीय तहको प्रतिनिधिलाई रोहबरमा राख्नु पर्नेछ ।
(१३) उपनियम (१०): बमोजिम नष्ट वा विसर्जन गरी व्यवस्थापन गरिएको जीवनाशक विषादीको विवरण जीवनाशक विषादीको कारोबार गर्ने व्यक्ति, संस्था वा निकाय, व्यवसायी वा उच्चमीले केन्द्रमा पठाउनु पर्नेछ ।