दफा १२९
यस ऐन बमोजिम हुने
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, कार्यविधिमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम दिइएको आदेश वा निर्देशनमा लेखिएका कुरामा सोही बमोजिम र अन्यमा राष्ट्र बैंक ऐन र अन्य प्रचलित कानून बमोजिम हुनेछ । (२) यस ऐन बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षण तथा फरफारख सम्बन्धी काम कारबाही राष्ट्र बैंक ऐन बमोजिम हुनेछन् ।