नियम २
युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०६५ को नियम
२ मा संशोधनः युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन)
नियमावली,२०६५ (यसपछि “मूल नियमावली” भनिएको) को नियम २ को खण्ड (च) पछि देहायका खण्ड (छ) र (ज) थपिएका छन ः–
“(छ) “उपाध्यक्ष” भन्नाले नियम ८क. बमोजिम नेपाल सरकारद्धारा नियुक्त कोषको उपाध्यक्ष सम्झनु पर्छ ,
(ज) “कार्यकारी निर्देशक” भन्नाले नियम २३ बमोजिमको कार्यकारी निर्देशक सम्झनु पर्छ ।”