नियम ९४
यो नियमावली लागू हुने
(१) ऐनको दफा ३४ अनुसार नेपाल सरकार आफैंले विद्युतको
उत्पादन वा विकास गरेको अवस्थामा समेत अनुमतिपत्र सम्बन्धी व्यवस्था बाहेक अन्य
कुराहरुको हकमा यो नियमावली लागू हुनेछ ।
(२) १००० किलोवाटसम्म विद्युतको उत्पादन, प्रसारण वा वितरण गर्ने व्यक्ति वा सङ्गठित संस्थालाई पनि अनुमतिपत्र सम्बन्धी व्यवस्था बाहेक अन्य कुराहरुको हकमा यो नियमावली लागू हुनेछ ।