नियम १०
रकम उपलब्ध गराउने
(१) पीडितलाई राहत तथा आर्थिक सहयोग उपलव्ध गराउनको लागि सञ्चालक: समितिले कोषबाट स्थानीय लैङ्गिक हिंसा निवारण कोषमा आवश्यकता अनुसार अनुदान रकम निकासा दिनेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय लैङ्गिक हिंसा निवारण कोषको स्थापना नभएसम्म सम्बन्धित स्थानीय तह वाः सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट सिफारिस भई आएमा सञ्चालक समितिले तत्‌ तत्‌ स्थानीय तहको नाममा रकम निकासा दिन सक्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम प्राप्त भएको रकम तथा सोबाट भएको खर्च सम्बन्धी विवरण सम्बन्धित स्थानीय तहले त्रैमासिक रूपमा मन्त्रालयमा पठाउनु पर्नेछ ।