नियम २०
रकम वा जमानत दाखिला गर्नु पर्ने
(१) नियम १७ बमोजिम प्रस्ताव छनौट भएको वा
नियम १८ वा नियम १९ को उपनियम (८) बमोजिम परियोजना कार्यान्वयन गर्ने
सम्बन्धमा जानकारी प्राप्त गरेको पन्ध्र दिनभित्र प्रस्तावकले परियोजनाको लागत अनुमानको
शुन्य दशमलव एक (०.१) प्रतिशतले हुने रकम र लागत अनुमान नभएको परियोजनाको
हकमा मन्त्रालयले तोके बमोजिमको रकम वा सो रकम बराबरको जमानत वा वाणिज्य
बैंकले जारी गरेको जमानत (विड वण्ड) मन्त्रालयमा दाखिला गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दाखिला गरेको जमानत देहायका अवस्थामा जफत
हुनेछः–
(क) संयुक्त उपक्रममा प्रस्ताव पेश गरेकोमा कुनै व्यक्तिले आपूm सो
उपक्रमबाट अलग भएको जानकारी मन्त्रालयलाई दिएमा र
बा“की रहेको व्यक्तिले मात्र परियोजना कार्यान्वयन गर्न सक्ने
नदेखिएमा वा समान योग्यता भएको अर्को व्यक्तिलाई सो
उपक्रममा समावेश गर्न नसकेमा,
(ख) ऐनको दफा १० बमोजिम समझदारीपत्र वा प्रारम्भिक
आयोजना सम्झौता भएकोमा प्रस्तावकले समझदारीपत्र वा
प्रारम्भिक आयोजना सम्झौता विपरीत कुनै काम कुरा गरेमा,
(ग) प्रस्तावकले ऐनको दफा ११ बमोजिम पेश गर्नुपर्ने विवरण सोही
दफामा लेखिएको म्यादभित्र पेश गर्न नसकेमा ।