दफा २०
रजिष्ट्रार
(१) उपकुलपतिको सिफारिशमा कुलपतिले विश्वविद्यालयको रजिष्ट्रार नियुक्त गर्नेछ ।
(२) रजिष्ट्रार विश्वविद्यालयमा पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।
(३) रजिष्ट्रारको पदावधि चार वर्षको हुनेछ ।
(४) रजिष्ट्रारको अनुपस्थितिमा रजिष्ट्रारले गर्नु पर्ने काम गर्न उपकुलपतिले डीनहरू मध्येबाट कुनै एक जनालाई नियुक्त गर्नेछ ।
(५) रजिष्ट्रारको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिएबमोजिम हुनेछ ।
(६) रजिष्ट्रारको रेखदेखमा विश्वविद्यालयको सामान्य प्रशासन र कोष रहनेछ र विश्वविद्यालयले अपनाउने आर्थिक नीतिको सम्बन्धमा निजले आफूलाई उपयुक्त लागेको सल्लाह सभालाई दिनेछ ।
(७) सभामा पेश गरिने विश्वविद्यालयको आय व्ययको वार्षिक अनुमान तयारगर्ने, विद्यार्थीहरूको नाम दर्ता गर्ने, परीक्षा संचालन गर्ने र प्रमाण पत्रको व्यवस्था गर्ने जिम्मेवारी रजिष्ट्रारको हुनेछ ।
(८) रजिष्ट्रारले विश्वविद्यालयको हिसाव किताव तोकिएबमोजिम लेखा परीक्षण गराई त्यसको प्रतिवेदन सभामा पेश गर्नेछ ।
(९) रजिष्ट्रारको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।