दफा २७
रजिष्ट्रार
(१) मन्त्रालयले परिषद्को प्रशासकीय प्रमुखको रुपमा काम गर्न मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरी कम्तीमा “ख” श्रेणीमा नाम दर्ता भएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई तोकिए बमोजिम खुल्ला प्रतिस्पर्धाको माध्यमबाट परिषद्को रजिष्ट्रारमा नियुक्त गर्न सक्नेछ ।
(२) रजिष्ट्रारको सेवा, शर्त र सुविधा तोकिए बमोजिम हुनेछ ।
(३) रजिष्ट्रारको अनुपस्थितिमा वा उपदफा (१) बमोजिम रजिष्टार नियुक्त नभएसम्मको लागि मन्त्रालयले रजिष्ट्रार हुन योग्यता पुगेका नेपाल सरकार वा परिषद्को कुनै कर्मचारीलाई रजिष्ट्रारको रुपमा कामकाज गर्न तोक्न सक्नेछ ।