नियम
रजिष्ट्रेशन गर्ने

(१) नियम ३ बमोजिम परेको दरखास्त जाँचबुझ गर्दा प्राइभेट फर्म रजिष्ट्रेशन गर्न मनासिब देखेमा सम्बन्धित विभागले त्यस्तो प्राइभेट फर्मको नाम विभागको रजिष्ट्ररमा जनाई दरखास्तवालालाई अनुसूची- २ बमोजिमको ढाँचामा फर्म रजिष्ट्रेशन प्रमाणपत्र दिनु पर्नेछ। त्यसरी फर्म रजिष्ट्रेशन गरिसके पछि नियम ३ को उपनियम (१) मा उल्लेख भए बाहेकका अन्य प्राइभेट फर्मको रजिष्ट्रेशन सम्बन्धी विवरण त्यस्तो फर्म रजिष्ट्रेशन भएको मितिले सात दिनभित्र सम्बन्धित प्रदेशको सन्धित मन्त्रालयमा पठाउनु पर्नेछ ।

(२) फर्म रजिष्ट्रेशन गर्ने सम्बन्धित विभागले तोकिदिएको हदसम्म पू“जी भएको फर्मलाई रजिष्टर गर्न सक्ने अधिकार कुनै कार्यालय वा अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(३) सम्बन्धित विभागले फर्मको उद्देश्य र कारोबारका आधारमा प्राइभेट फर्म सम्बन्धी आवश्यक मापदण्ड तोक्न सक्नेछ ।