नियम
राजनैतिक दल दर्ताको उद्देश्य
निर्वाचन प्रयोजनको लागि राजनैतिक दल दर्ता गर्नु पर्ने उद्देश्य देहाय बमोजिम रहेका छन् ः–
(क) संविधानको धारा १४२ तथा ऐनको दफा १९ बमोजिम निर्वाचन प्रयोजनको लागि आयोगबाट मान्यता प्राप्त गर्न चाहने प्रत्येक राजनैतिक दलले आयोगमा दल दर्ता गराउने,
(ख) निर्वाचनमा भाग लिन चाहने राजनैतिक दलले निर्वाचन प्रयोजनको लागि आयोगमा दल दर्ता गराई निर्वाचनमा भाग लिने कुरा सार्वजनिक गरी जनताको अभिमत प्राप्त गर्ने,
(ग) निर्वाचनको क्रममा आयोग र राजनैतिक दलहरू बीच हुने सम्पर्क र निर्वाचनका प्रक्रियाहरूलाई सुव्यवस्थित गर्न राजनैतिक दलहरूलाई मान्यता दिने