दफा ११
राजस्व न्यायाधिकरण अध्यादेश, २०३० जारी हुनु अगाडि निर्णय भएका मुद्दाहरू

राजस्व न्यायाधिकरण अध्यादेश, २०३० प्रारम्भ भएको अघिल्लो दिनसम्म तत्काल प्रचलित नेपाल कानूनबमोजिम–

(क) आय र कर अदालतमा पुनरावेदन लाग्ने गरी अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी, कर अधिकृतहरू वा तोकिएको अधिकारीहरूबाट फैसला वा अन्तिम आदेश भएकोमा प्रचलित नेपाल कानूनको म्यादभित्र क्षेत्रीय अदालतमा पुनरावेदन लाग्नेछ ।

(ख) आय र कर अदालत, अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी वा अञ्चल अदालतमा पुनरावेदन लाग्ने गरी भन्सार अड्डाको हाकिम, अन्तःशुल्क अधिकारी, कर अधिकृतहरू वा तोकिएको अधिकारीहरूबाट फैसला वा अन्तिम आदेश भएको तर यो ऐनले न्यायाधिकरणमा पुनरावेदन लाग्ने मुद्दामा प्रचलित नेपाल कानूनको म्यादभित्र न्यायाधिकरणमा पुनरावेदन लाग्नेछ ।