राज्य अदालत उन्मूलन अध्यादेश, २०१६ खारेज वा निष्क्रिय भएपछि अर्कै अभिप्राय नदेखिएमा, सो खारेजी वा निष्क्रियताले–
(क) खारेज वा निष्क्रिय हुँदाको बखत कायम नभएको कुनै कुरालाई जगाउँदैन, वा
(ख) त्यसरी खारेज वा निष्क्रिय भएको अध्यादेश बमोजिम चालू भएको कुरा वा सो बमोजिम रीत पु¥याई अघिनै गरिएको कुनै काम वा भोगिसकेको कुनै कुरालाई असर पार्दैन, वा
(ग) त्यसरी खारेज वा निष्क्रिय भएको अध्यादेश बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्दैन, वा
(घ) त्यसरी खारेज वा निष्क्रिय भएको अध्यादेश विरुद्ध गरेको कुनै कसूर वापत गरिएको कुनै दण्ड सजाय वा जफतलाई असर पार्दैन, वा
(ङ) माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व, दण्ड, सजाय, जफतका सम्बन्धमा गरिएको कुनै तहकिकात कानुनी कारवाई वा उपायलाई असर पार्दैन र उक्त अध्यादेश कायम छँदा सरह गरी त्यस्तो कुनै तहकिकात, कानुनी कारवाई वा उपायलाई शुरु गर्न, चालू राख्न वा चालू गर्न सकिनेछ र त्यस्तो दण्ड सजाय वा जफत पनि गरिनेछ ।