दफा
राज्य अदालत खारेज हुने

(१) यो ऐन प्रारम्भ भएका मितिदेखि नेपालभित्र रहेका सबै राज्य अदालतहरू खारेज गरिएका छन

(२) उपदफा (१) बमोजिम खारेज भएका राज्य अदालतमा दायर भएका छिन्न बाँकी सबै मुद्दा मामिलाका मिसिल र छिनुवा मिसिल, असूल गर्न बाँकी दण्ड जरिवाना कैदको लगत समेतका कागजपत्र नेपाल सरकारले तोकिदिएको जिल्ला अदालतमा सर्नेछ र सो अदालतले आफूकहाँ परेको मुद्दा मामिला सरह छिन्ने, हिफाजतसँग राख्ने तथा बाँकी दण्ड जरिवाना कैद जितौरी बक्सौनी असूल गर्ने र झगडियाको बिगो भरिभराउ गरिदिनु पर्नेमा समेत नेपाल कानुन बमोजिम गर्नेछ ।