दफा
राज्य माल सरकारी मालमा परिणत हुने :

(१) यो ऐन बमोजिम समाप्त भएका राज्यहरूका माल अड्डाहरू नेपाल सरकारका माल अड्डाको रूपमा परिणत गरिएका छन् र त्यस्तो मालमा रहेका राज्य सम्बन्धी कागजपत्र नेपाल सरकारको कागजपत्र मानिनेछ ।
(२) नेपाल सरकारको अर्को आदेश नभएसम्म उपदफा (१) बमोजिमका माल अड्डाहरूले साविक बमोजिम असूल तहसील समेत जो गर्नु पर्ने काम कारवाई नेपाल सरकारको निमित्त गर्नेछन् ।