दफा २६
राफसाफ तथा फस्र्यौट व्यवसायीले गर्ने कारोबार
(१) राफसाफ तथा फस्र्यौट व्यवसायीले वस्तु विनिमय बजारमा वस्तु करार बमोजिम खरिद वा बिक्री भएको कारोबारलाई राफसाफ तथा फस्र्यौट गर्नु पर्नेछ ।
(२) राफसाफ तथा फस्र्यौट व्यवसायीले गर्ने राफसाफ तथा फस्र्यौट सम्बन्धी अन्य कारोबार तोकिए बमोजिम हुनेछ ।