दफा
राष्ट्र क्रण उठाउने अधिकार
(१) आर्थिक वर्ष २०८०%८१ को निमित्त नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा अधिविकर्ष बापत तिर्न बाँकी रकम र अन्य तिर्न बाँकी रकममा थप रु २,४०,००,००,००,०००।- (अक्षरेपि दुई खर्ब चालीस अर्ब) मा नबढ्ने गरी राष्ट्र त्र्ण उठाउन सक्नेछ।

तर त्यसरी उठाइने राष्ट्र क्रण रकममा नेपाल सरकारले प्रचलित कानून बमोजिम लिन पाउने अधिविकर्ष रकम समावेश हुने छैन।

(२) नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कलाई आर्थिक वर्ष २०८०/८१ सम्मको तिर्न बाँकी अधिविकर्षलाई ट्रेजरी बिलमा परिणत गर्न सो बैङ्कलाई स्वीकृति दिन सक्नेछ।

(३) यस दफा बमोजिम उठाइएको राष्ट्र क्रणको साँवा ब्याज भुक्तानी गर्ने अवधि र सो क्रणको ब्याजको दर सार्वजनिक क्रण व्यवस्थापन ऐन, २०७९ बमोजिम हुनेछ।