नियम १६
राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको गठन
(१) ऐनको दफा ४३ को उपदफा (१): बमोजिम खेलकुदमा प्रतिबन्धित औषधि सेवन विरूद्ध कार्य गर्नको लागि देहाय बमोजिमको राष्ट्रिय एन्टीडोपिङ एजेन्सी रहनेछ :-
(क) खेलकुदमा प्रतिबन्धित औषधि विरूद्धको कार्यमा अनुभव प्राप्त व्यक्तिहरुमध्येबाट नेपाल सरकारले मनोनयन गरेको एकजना -संयोजक
(ख) खेलकुदमा प्रतिबन्धित औषधि
विरूद्धको कार्यमा अनुभवी एवम् विज्ञ व्यक्तिमध्येबाट परिषद्को सिफारिसमा मन्त्रालयले मनोनयन गरेको एकजना -सदस्य
(ग) चिकित्सक प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल -सदस्य
(घ) नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविधालयबाट कानूनमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कानून वा न्यायको क्षेत्रमा: कम्तीमा दश वर्ष अनुभव भएका व्यक्तिहरूमध्येबाट मन्त्रालयले मनोनयन गरेको एकजना -सदस्य
(घ१) खेलकुदको विकासमा /उल्लेखनीय योगदान पुच्याएका व्यक्तिहरुमध्येबाट : मन्त्रालयले मनोनयन गरेको एकजना -सदस्य
(ङ) एजेन्सीको सचिवालयमा कार्यरत अधिकृतस्तरका कर्मचारीहरुमध्येबाट वरिष्ठतम् कर्मचारी -सचिव।
(२) उपनियम (१) को खण्ड (क), (ख), (घ) र (घ१) बमोजिम मनोनित एजेन्सीको संयोजक वा सदस्यको पदावधि चार वर्षको हुनेछ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि: एजेन्सीको मनोनित संयोजक वा सदस्यले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा, एजेन्सीको हित विपरीत कुनै काम गरेमा वा पद अनुरुपको आचरण नगरेमा संयोजकलाई नेपाल सरकारले र सदस्यलाई मन्त्रालयले जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिब माका दिन पर्नेछ ।
(४) एजेन्सीको सचिवालय एजेन्सीले तोकेको स्थानमा रहनेछ।