दफा ११
राष्ट्रिय कार्यकारी समितिको काम, कर्तव्य र अधिकार

राष्ट्रिय कार्यकारी समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) राष्ट्रिय परिषद्द्वारा दिइएका निर्देशनहरू पालन गर्ने, गराउने ।

(ख) राष्ट्रिय परिषद्का निर्णयहरू कार्यान्वयन गर्ने, गराउने ।

(ग) नेपाल स्काउटको वार्षिक कार्यक्रम, बजेट, प्रगति विवरण, लेखा परीक्षण प्रतिवेदन तथा अन्य प्रतिवेदन र प्रस्तावहरू तयार गरी स्वीकृति वा अनुमोदनको लागि राष्ट्रिय परिषद्मा पेश गर्ने ।

(घ) नेपाल स्काउटको चल अचल सम्पत्तिको संचालन, संरक्षण, रेखदेख, सम्झौता, करार वा ठेक्का पट्टा गर्ने ।

(ङ) नेपाल स्काउटको लागि प्राप्त आर्थिक तथा अन्य सहयोग ग्रहण गर्ने ।

(च) राष्ट्रिय परिषद्को स्वीकृति लिई नेपाल स्काउटको चल अचल सम्पत्ति हस्तान्तरण गर्ने ।

(छ) दैविप्रकोप वा दुर्घटनामा उद्धार तथा सहयोग लगायत अन्य मानवीय सेवा कार्यमा स्काउटिङ्ग गराउने ।

(ज) नेपाल स्काउटको उद्देश्य अनुरूप काम गर्न आवश्यकता अनुसार समिति, उप–समिति वा कार्यटोली गठन गर्ने ।

(ज१) नेपाल स्काउटको संचालन सम्बन्धमा आवश्यक नियमहरू तयार गरी स्वीकृतिको लागि राष्ट्रिय परिषद् समक्ष पेश गर्ने ।

(झ) नेपाल स्काउटको उद्देश्य पूर्ति गर्न आवश्यक पर्ने अन्य काम गर्ने, गराउने ।