दफा १०
राष्ट्रिय कार्यकारी समितिको गठन

(१) नेपाल स्काउटको कार्यकारी निकायको रूपमा काम गर्न एक राष्ट्रिय कार्यकारी समिति रहनेछ ।

(२) राष्ट्रिय कार्यकारी समितिको गठन देहाय बमोजिम हुनेछः–

(क) प्रमुख आयुक्त – अध्यक्ष

(ख) सह–प्रमुख आयुक्त – सदस्य

(ग) प्रतिनिधि, युवा तथा खेलकुद मन्त्रालय – सदस्य

(घ)   राष्ट्रिय परिषद्का निर्वाचित सदस्यहरुबाट सबै प्रदेशको प्रतिनिधित्व हुने गरी सातजना – सदस्य

(ङ) आयुक्तहरू – सदस्य

(च) सचिव – सदस्य–सचिव

(३) राष्ट्रिय कार्यकारी समितिका पदेन सदस्य बाहेक अन्य सदस्यहरूको पदावधि चार वर्षको हुनेछ ।

(४) उपदफा (२) को खण्ड (घ) बमोजिमका सदस्यहरूको मनोनयन गर्नको लागि राष्ट्रिय परिषद्ले राष्ट्रिय परिषद्का निर्वाचित सदस्यहरू रहेका पाँच सदस्यीय एक सिफारिस समिति गठन गर्नेछ र सो समितिले सिफारिस गरेको व्यक्तिलाई प्रमुख स्काउटले राष्ट्रिय कार्यकारी समितिको सदस्यमा मनोनयन गर्नेछ ।

तर यस उपदफा बमोजिमका सदस्यहरूको पहिलो पटक मनोनयन गर्नको लागि प्रमुख स्काउटले राष्ट्रिय परिषद्का निर्वाचित सदस्यहरू रहेका पाँच सदस्यीय एक सिफारिस समिति गठन गर्नेछ र सो समितिले सिफारिस गरेको व्यक्तिलाई प्रमुख स्काउटले राष्ट्रिय कार्यकारी समितिको सदस्यमा मनोनयन गर्नेछ ।