(१) निर्देशक समितिलाई पुनर्निर्माण सम्बन्धी नीति तथा योजना तयार गर्ने सम्बन्धमा परामर्श दिने प्रायोजनको लागि एक राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद् रहनेछ ।
(२) परिषद्को गठन देहाय बामोजिम हुनेछ ः–
(क) प्रधानमन्त्री – अध्यक्ष
(ख) “प्रतिनिधि सभा” को प्रमुख विपक्षी दलको नेता – उपाध्यक्ष
(ग) प्रधानमन्त्रीले तोकेका मन्त्रीहरु – सदस्य
(घ) पूर्व प्रधानमन्त्रीहरु – सदस्य
(ङ) “प्रतिनिधि सभा” मा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुखहरु – सदस्य
(च) भूकम्पबाट प्रभावित जिल्लाबाट “प्रतिनिधि सभा” मा प्रतिनिधित्व गर्ने संसद सदस्यहरुमध्ये समावेशी सिद्धान्तको आधारमा प्रत्येक जिल्लाबाटप्रतिनिधित्व हुने गरी परार्मश परिषद्बाटमनोनीत चौधजना – सदस्य
(छ) प्रमुख कार्यकारी अधिकृत – सदस्य
(ज) राष्ट्रिय योजना आयोगको उपाध्यक्ष – सदस्य
(झ) नेपाल सरकारको मुख्य सचिव – सदस्य
(ञ) प्रधानसेनापति, नेपालीसेना – सदस्य
(ट) नेपाल राष्ट्र बंैकको गर्भनर – सदस्य
(ठ) प्रधानमन्त्रीले तोकेका नेपाल सरकारका सचिवहरु – सदस्य
(ड) प्रहरी महानिरीक्षक, नेपाल प्रहरी – सदस्य
(ढ) सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरीबल, नेपाल – सदस्य
(ण) विश्वविधालय, गैर सरकारी संस्था, नागरिक समाज वा निजी क्षेत्रकाविज्ञमध्येबाट प्रतिनिधित्व हुनेगरी नेपाल सरकारले मनोनीत गरेका कम्तीमा दुई महिलासहित पाँच जना – सदस्य
(त) सचिव – सदस्य सचिव
(३) परिषद्को वैठक कम्तीमा छ महिनामा एकपटक अध्यक्षले तोकेको मिति, समयर स्थानमा बस्नेछ ।
(४)परिषद्को बैठकमा आवश्यकता अनुसार अन्य कुनै बिज्ञ वा पदाधिकारीलाई आमन्त्रण गर्न सकिनेछ ।
(५) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निधारण गरे बमोजिमहुनेछ ।