दफा ३२
राष्ट्रिय व्यवहार गरिने
(१) यो ऐन प्रारम्भ भएपछि कुनै विदेशीले नेपालमा यस ऐन र प्रचलित अन्य कानूनको अधीनमा रही गरेको विदेशी लगानी त्यस्तो लगानी नेपाल भित्रिइसकेपछि सो लगानी नेपालमा रहेको अवधिसम्म सो लगानीको व्यवस्थापन, संभार, प्रयोग, हस्तान्तरण, बिक्रीमा लागू हुने शर्त नेपाली व्यक्तिले गरेको लगानीको व्यवस्थापन, संभार, प्रयोग, हस्तान्तरण, बिक्रीमा लागू हुने शर्तभन्दा कम अनुकुल नहुने गरी राष्ट्रिय व्यवहार (नेशनल ट्रिटमेन्ट) हुनेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनु अगावै स्वीकृति लिएको विदेशी लगानीका हकमा त्यस्तो लगानी हुँदाका बखत बहाल रहेको विदेशी लगानी सम्बन्धी प्रचलित कानूनमा भएको व्यवस्था लागू हुनेछ र सो बमोजिम कुनै विदेशी लगानीकर्ताले पाएको कुनै सुविधामा असर पर्ने गरी निजको मञ्जुरी बिना कुनै परिवर्तन गरिने छैन।
(३) उपदफा (१) बमोजिम विदेशी लगानी भएका उद्योगहरुलाई देहायको संरक्षण प्राप्त हुनेछ:-
विदेशी लगानी भएको उद्योग व्यवसायलाई सोही प्रकृतिको नेपाली नागरिकले लगानी गरेको उद्योगलाई गरिए सरहको व्यवहार गरिनेछ।
विदेशी लगानी भएको उद्योग व्यवसायले प्रचलित कानूनको परिधिभित्र रहेर वस्तु तथा सेवाको मूल्य निर्धारण गर्न स्वतन्त्र हुनेछन्।
विदेशी लगानी भएको उद्योग व्यवसायलाई आफनो उद्योगसँग सिमित रही तोकिए बमोजिम व्यापार गर्न रोक लगाइने छैन।
विदेशी लगानी भएको उद्योग व्यवसायलाई नाफा लैजान, लगानी फिर्ता लैजान, ऋणको ब्याज तिर्न र ऋणको सावाँ भुक्तानी गर्न प्रतिबन्ध लगाइने छैन।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको विषयमा राष्ट्रिय व्यवहार (नेशनल ट्रिटमेन्ट) लागू हुनेछैनः–
विश्व व्यापार संगठन अन्तर्गत गरिएका सम्झौतामा उल्लेखित बौद्धिक सम्पत्तिको सिर्जना, त्यसका सीमा, हक हस्तान्तरण वा प्रयोगमा अनिवार्य अनुमति लिनुपर्ने (कम्पलसरी लाइसेन्सिङ्ग) भनी तोकिएका व्यवस्थाको विषय,
सार्वजनिक खरिद सम्बन्धी प्रचलित नेपाल कानून बमोजिम स्वदेशी उद्योग वा मालसामानलाई कुनै छुट वा सुविधा दिएको रहेछ भने त्यस्तो छुट वा सुविधाको विषय,
नेपाल सरकारबाट प्रदान गरिने वा उपलब्ध हुने अनुदान वा सहुलियतको विषय,
नेपाल सरकारबाट प्रवाह हुने गैर व्यापारिक सेवाको विषय,
लगानीकर्ता, धितोपत्र बजारका सहभागीहरु, बिमा पोलिसी बाहक वा बिमा पोलिसी दावीकर्ताहरुको संरक्षण गर्न वा कुनै व्यक्तिको आर्थिक स्वार्थको रक्षा गर्ने दायित्व लिएका वित्तीय संस्थाहरु सम्बन्धी विषय तथा वित्तीय संस्थाको स्वस्थता (साउण्डनेस), नैतिकता वा वित्तीय जिम्मेवारी कायम राख्ने जस्ता विषयहरुमा नेपाल सरकारले उचित ठानी अवलम्बन वा व्यवस्थापन गरेका वित्तीय सेवा सम्बन्धी उपायहरु,
नेपाल सरकार पक्ष रहेको वा हुने कुनै क्षेत्रीय वा बहुपक्षीय आर्थिक, मौद्रिक वा यस्तै प्रकृतिको कुनै संगठनको पक्ष भएको कारणबाट नेपाल सरकारले विशेष व्यवहार गर्नुपर्ने दायित्व वा प्रावधान भएको विषय,
नेपाल बाहिर लगानी फिर्ता, ऋण भुक्तानी (सावाँ, ब्याज तथा शुल्क समेत), सेवा शुल्कको भुक्तानीमा प्रचलित कानून बमोजिम नियामक निकायले तोक्ने शर्त सम्बन्धी विषयहरु,
मानव स्वास्थ्य, जीवजन्तु, वनस्पती वा वातावरण संरक्षणको विषय।