नियम ३२
राष्ट्रिय सम्पदाको अभिलेख तथा संरक्षण
(१) ऐनको दफा २९ को प्रयोजनको लागि सम्बन्धित सरोकारवाला निकायले राष्ट्रिय सम्पदा सम्बन्धी अभिलेखमा समावेश गर्ने वस्तु, स्थल, वनस्पति, जीवजन्तु र वातावरणीय अवस्थाको विवरण सर्वसाधारणको जानकारीको लागि राष्ट्रियस्तरको कुनै दैनिक पत्रिकामा र आफ्नो वेब साइटमा प्रकाशन गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम प्रकाशित विवरणमा उल्लेख भएका वस्तु, स्थल, वनस्पति, जीवजन्तु र वातावरणीय अवस्थाको सम्बन्धमा कसैको कुनै राय प्रतिक्रिया भएमा त्यस्तो विवरण प्रकाशन भएको मितिले तीस दिनभित्र सम्बन्धित सरोकारवाला निकाय समक्ष राय प्रतिक्रिया दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम राय प्रतिक्रिया प्राप्त भएकोमा सो समेतलाई बिचार गरी सम्बन्धित सरोकारवाला निकायले राष्ट्रिय सम्पदा सम्बन्धी अभिलेख तयार गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिमको अभिलेखमा समावेश भएका वस्तु वा स्थलको पहिचानको लागि त्यस्तो वस्तु वा स्थलमा आवश्यकता अनुसार चिन्ह वा सिमाना राखिनेछ ।
(५) उपनियम (४) बमोजिम राखिएको चिन्ह वा सिमाना सम्बन्धी बिवरण र सोसँग सम्बन्धित नक्सा सम्बन्धित सरोकारवाला निकायले अद्यावधिक रूपमा राखी सोको जानकारी विभागलाई समेत दिनु पर्नेछ ।
(६) सम्बन्धित सरोकारवाला निकायले अभिलेखमा समावेश भएका राष्ट्रिय सम्पदाको संरक्षण र व्यवस्थापनको लागि आवश्यक कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्नु पर्नेछ।
(७) सम्बन्धित सरोकारवाला निकायले राष्ट्रिय सम्पदाको नियमित अनुगमन गरी सोको वार्षिक प्रतिवेदन तयार गरी बिभाग र मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ ।