दफा २६
राष्ट्रिय सहकारी महासङ्घको कार्य
: राष्ट्रिय सहकारी महासङ्घले सदस्यको हित प्रवर्द्धनका लागि देहाय बमोजिमका कार्य गर्नेछ :–
(क) सहकारी मूल्य, मान्यता र सिद्धान्तको परिपालना गर्ने, गराउने,
(ख) सदस्यको हित प्रवर्द्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने,
(ग)   सहकारी क्षेत्रको प्रवर्द्धनको लागि नेपाल सरकारका विभिन्न निकायसँग समन्वय र सहकार्य गर्ने,
(घ)   सहकारी व्यवसाय प्रवर्द्धनका लागि व्यावसायिक तथा बजार अध्ययन, अनुसन्धान गर्ने, गराउने,
(ङ)   शिक्षा, तालीम र सूचना प्रदान गर्ने , गराउने,
(च)   बजार सूचना प्रणालीको विकास गर्ने,
(छ) संस्था र सङ्घहरू बीचको पारस्परिक सहयोगमा अभिवृद्धि गर्ने, गराउने,
(ज)    अन्तरराष्ट्रिय सहकारी अभियानमा पारस्परिक सहयोग अभिवृद्धि गर्ने, समन्वय र सम्बन्ध बिस्तार गर्ने,
(झ) सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धन गर्ने,
(ञ)   विनियममा उल्लेखित कार्यहरू गर्ने ।