दफा २९
राष्ट्रियकरण नगरिने

(१) विद्युत उत्पादन, प्रसारण वा वितरण सम्बन्धी जग्गा, भवन, उपकरण तथा संरचनाको राष्ट्रियकरण गरिने छैन ।
तर १००० किलोवाट वा सो भन्दा कम जलविद्युत उत्पादन, प्रसारण वा वितरण सित सम्बन्धित जग्गा, भवन, उपकरण तथा संरचना व्यापक सार्वजनिक उपयोगको लागि नेपाल सरकार आफूले लिई विकास गर्न सक्नेछ ।
स्पष्टीकरण : व्यापक सार्वजनिक उपयोग भन्नाले हाल उपयोग भएकोबाट लाभान्वित हुने जनसंख्या भन्दा बढी जनसंख्यालाई लाभान्वित हुने उपयोग सम्झनु पर्छ ।
(२) उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांश बमोजिम नेपाल सरकारले लिएको जग्गा, भवन, उपकरण तथा संरचना बापत नेपाल सरकारले सम्बन्धित व्यक्तिलाई तोकिए बमोजिम क्षतिपूर्ति दिनेछ ।
(३) उपदफा (२) बमोजिम दिइने क्षतिपूर्ति नेपाल सरकारले लिएको जग्गा, भवन, उपकरण तथा संरचनाको वर्तमान मूल्य (त्यसमा भएको टुटफुट र साधारण प्रयोगबाट भएको ह्रास कटाई) को आधारमा निर्धारित गरिनेछ ।