दफा १६
राष्ट्रियताको अस्थायी प्रमाण–पत्र
(१) …….. नेपाली वाणिज्य दूतावास वा कूटनैतिक
कार्यालयले देहायको अवस्थामा कुनै पानी जहाजलाई तोकिएको दस्तूर लिई नेपाली राष्ट्रियताको
अस्थायी प्रमाणपत्र प्रदान गर्न सक्नेछ ।
(क) नेपाली पानी जहाज राख्न पाउने व्यक्तिहरुले नेपाल पानी जहाज कार्यालयको
सिफारिश प्राप्त गरी कुनै विदेशी बन्दरगाहमा रहेको पानी जहाजको स्वामित्व
प्राप्त गरेमा त्यस्तो स्वामित्व प्राप्त गर्ने व्यक्तिहरु वा सो मध्ये कुनैले सो पानी
जहाज नेपाल पानी जहाज कार्यालयमा दर्ता गर्ने इच्छाको घोषणा गरी नेपाली
राष्ट्रियताको अस्थायी प्रमाणपत्रको लागि सबभन्दा नजिकको …….नेपाली
वाणिज्य दूतावास वा कूटनैतिक कार्यालयमा दरखास्त दिएमा वा त्यस्तो घोषणा
गरी दरखास्त दिन अख्त्यार दिएको भनी सो पानी जहाजको मास्टर (प्रमुख
अधिकृत) ले दरखास्त दिएमा ।
(ख) विदेशी बन्दरगाहमा रहेको अवस्थामा कुनै नेपाली पानी जहाजको दर्ताको प्रमाण–
पत्र हराएमा वा क्षतिग्रस्त भएमा वा त्यस्तो प्रमाण–पत्रमा उल्लिखित विवरणहरुमा
कुनै परिवर्तन भएमा नेपाली राष्ट्रियताको अस्थाई प्रमाण–पत्रको लागि सो पानी
जहाजको मास्टर (प्रमुख अधिकृत) ले सबभन्दा नजिकको ……. नेपाली वाणिज्य
दूतावास वा कूटनैतिक कार्यालयमा दरखास्त दिएमा ।
(२) राष्ट्रियताको अस्थायी प्रमाणपत्रको ढाँचा तोकिएबमोजिम हुनेछ र त्यसमा देहायको
विवरण खुलाइएको हुनुपर्छ ः–
(क) पानी जहाजको नाम,
(ख) पानी जहाज खरीद भएको मिति र ठाउँ,
(ग) पानी जहाज खरीद गर्ने व्यक्तिहरुको नाम र ठेगाना,
(घ) मास्टर (मुख्य अधिकृत) को नाम, र
(ङ) पानी जहाजको टनेज, बनौट र वर्णन सम्बन्धी विवरण ।