नियम १४
राहत तथा आर्थिक सहयोग प्राप्त गर्न निवेदन दिनु पर्ने

(१) यस नियमावली बमोजिम राहत तथा आर्थिक सहयोग प्राप्त गर्न चाहने पीडित वा सरोकारवाला व्यक्तिले राहत तथा आर्थिक सहयोग पाउनु पर्ने मनासिव कारण खुलाई स्थानीय तत्काल उद्धार तथा राहत समितिमा अनुसूची बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा पीडितलाई राहत तथा आर्थिक सहयोग गर्नु पर्ने देखिएमा स्थानीय तत्काल उद्धार तथा राहत समितिले नियम १२ को अधीनमा रही पीडितलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउनेछ ।