(१) नियम ७ बमोजिम राहदानीका लागि जिल्ला प्रशासन कार्यालय वा नियोगमा परेका निवेदन उपर सो कार्यालय वा नियोगले प्राप्त कागजातहरु छानबिन गर्दा राहदानी जारी गर्न उपयुक्त हुने देखेमा सोको अभिलेख राखी सिफारिस सहित एक प्रति सक्कल निवेदन, फोटो तथा कागजात सहित कार्यालयमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम राहदानीको निवेदन उपर छानबिन गर्दा आवश्यक कागजात पर्याप्त नभएकोले निवेदकलाई राहदानी जारी गर्न उपयुक्त नहुने भएमा सोको जानकारी क्षेत्रीय प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय वा नियोगले निवेदकलाई निवेदन दर्ता गर्दा कै बखत दिनु पर्नेछ ।
(३) जिल्ला प्रशासन कार्यालय वा नियोगले उपनियम (१) बमोजिम सिफारिस सहित कागजातहरु कार्यालयमा पठाउँदा राहदानीको लागि परेका निवेदन उपर छानबिन समाप्त भएको मितिले सामान्यतया एक हप्ता भित्रमा पठाई सक्नु पर्नेछ ।
(४) यस नियम बमोजिम कार्यालय समक्ष प्राप्त हुन आएका निवेदन तथा कागजात उपर आवश्यक छानबिन गरीे नियम ९ बमोजिमको ढाँचामा विभागले राहदानी जारी गर्नु पर्नेेछ ।
(५) निवेदकले नियम ७ बमोजिम दिएको निवेदनमा राहदानीको लिङ्ग सम्बन्धी महलमा महिला वा पुरुष बाहेक अन्य लिङ्ग उल्लेख गरेका भएमा र सम्बन्धित निवेदकको नागरिकताको प्रमाणपत्रमा समेत त्यस्तो व्यहोरा उल्लेख भएको पाइएमा सोही बमोजिमको लैङ्गिक पहिचान उल्लेख गरी राहदानी जारी गरिनेछ ।