दफा
राहदानी जारी
(१) राहदानी जारी गर्ने अधिकार नेपाल सरकारको हुनेछ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारको तर्फबाट राहदानी जारी गर्ने काम विभागबाट हुनेछ।
(३) विभागले राहदानी वा यात्रा अनुमतिपत्र जारी गर्दा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रचलित मापदण्ड बमोजिम जारी गर्नु पर्नेछ।