(१) यस नियमावली बमोजिम जारी भएको राहदानी वा यात्रा अनुमतिपत्रमा उल्लेख भएको विवरणमा कुनै संशोधन गरिने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि राहदानी वा यात्रा अनुमतिपत्रमा उल्लिखित कुनै विवरण संशोधन गर्नु परेमा राहदानी वा यात्रा अनुमतिपत्र वाहकले सो प्रयोजनका लागि कारण खुलाई निवेदन दिनु पर्नेछ ।
(३) निवेदकले राहदानी वा यात्रा अनुमतिपत्रका लागि दिएको निवेदन फारममा टाईपिङ्गका क्रममा त्रुटीबस विवरण गलत लेखिन गएको वा कुनै विवरण लेख्न छुट हुन गएको कारणले तयार भइसकेको राहदानीमा कुनै संशोधन गर्नु परेमा अनुसूची–४ बमोजिम दस्तुर लिई नयाँ राहदानी जारी गर्न सकिनेछ ।
(४) उपनियम (२) वा (३) बमोजिम प्राप्त भएको निवेदन छानवीन गर्दा संशोधन सहित नयाँ राहदानी वा यात्रा अनुमतिपत्र जारी गर्न उपयुक्त देखिएमा नयाँ राहदानी वा यात्रा अनुमतिपत्र जारी गर्न सकिनेछ ।