नियम २२
राहदानी प्रयोग गर्ने सम्बन्धी

(१) राहदानी वाहकले यस नियमावली बमोजिम जारी गरिएको कूटनीतिक राहदानी वा विशेष राहदानी जुन प्रयोजनको निमित्त जारी भएको हो सोही प्रयोजनका लागि मात्र प्रयोग गर्नु पर्नेछ ।

(२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको अवधिसम्म कूटनीतिक वा विशेष राहदानी आफूसँग राख्न सक्नेछ । तर नेपाल सरकारको कामको सिलसिलामा विदेश भ्रमण गर्दा बाहेक त्यस्तो राहदानीको प्रयोग गर्न सकिने छैन ।

(३) नेपाल सरकारको निर्णय बमोजिम सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने पदाधिकारीले आफ्नो ओहोदा अनुसार जारी हुने राहदानी प्रयोग गर्नुपर्नेछ ।