नियम १८
राहदानी फिर्ता गर्नु पर्ने
(१) नियम १०, १२, १३ र १४ बमोजिम कुटनीतिक वा विशेष राहदानी प्राप्त सरकारी पदमा रहेको व्यक्ति कुनै कारणले आफ्नो पदबाट अलग भएमा आफू पदबाट अलग भएको र बिदेशमा रहेको भए नेपाल फर्किएको मितिले एक महिनाभित्र आफ्नो र आफ्नो परिबारका सदस्यको नाममा जारी भएको कुटनीतिक वा विशेष राहदानी विभागमा फिर्ता गर्नुपर्नेछ. ।
(२) नियम १० को खण्ड (द) वमोजिम राष्ट्रपति, उपराष्ट्रपति वा प्रधानमन्त्रीको विदेश भ्रमण दलमा संलग्न हुने भ्रमण दलका अन्य सदस्य र खण्ड ।ध) बमोजिमका भ्रमण दलका प्रतिनिधि मण्डलका सदस्यले त्यस्तो भ्रमण समाप्त भएको मितिले एक महिनाभित्र आफ्नो नाममा जारी भएको कुटनीतिक राहदानी बिभागमा फिर्ता गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम फिर्ता भएको राहदानी फिर्ता भएपछि र सो अवधिभित्र फिर्ता नभएका कुटनीतिक वा विशेष राहदानी उपनियम (१) वा (२) बमोजिमको अबधि पछि बिभागले रद्व गरी सोको अभिलेख राखेछ।