नियम १९
राहदानी रद्द गरेको सूचना गर्नुपर्ने

(१) नियम १८ को उपनियम (१) को खण्ड (ङ)  बमोजिम नयाँ राहदानी जारी गर्दा हराएको राहदानीको नम्बर र जसको नाममा राहदानी
जारी गरिएको हो सोको विवरण खुलाई हराएको राहदानी रद्द गरिएको सूचना कार्यालयले नेपाल सरकारको सम्बन्धित कार्यालय तथा नेपालस्थित विदेशी नियोग र नेपालस्थित इन्टरपोलको कार्यालयलाई दिनुपर्नेछ ।

(२) कुनै नेपाली नागरिकको राहदानी विदेशमा हराई नयां राहदानीका लागि नियोगमा निवेदन पर्न आएकोमा त्यस्तो नियोगले हराएको राहदानीको नम्बर र जसको नाममा राहदानी जारी गरिएको हो सो विवरण खुलाई हराएको राहदानी रद्द गरिएको सूचना कार्यालय, स्थानीय अध्यागमन कार्यालय तथा विदेशी नियोगलाई दिनुपर्नेछ ।

(३) नियम १८ को उपनियम (१) बमोजिम नयाँ राहदानी जारी गर्दा सो राहदानीमा मन्त्रालयले तोके बमोजिमको व्यहोरा उल्लेख गरिनेछ ।